काठमाडौं। नेपाल यु-१६ टोली मैत्रीपूर्ण खेलमा भुटानसँग पहिलो हाफमै तीन गोलले पछि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा भुटानले ३-० ले अग्रता लिएको हो। भुटानका लागि छिरिङ लामोले दुई र क्विनदेन सोनम सोयलले एक गोल गरे।
२३औं मिनेटमै भुटानले सुरूआती अग्रता लिएको थियोे। खान्दु सोमोले मिलाइएको बललाई नेपाली डिफेन्डरले रोक्न नकस्दा सोनमले गोलमा परिणत गरिन्। त्यसको ११औं मिनेटमा खान्दुले नै मिलाइएको बलमा छिरिङले गोल गरिन्।
आफ्नै खेलाडीसँग तालमेल नमिले पनि उनले अन्ततः गोल गरिन्। त्यसको पाँच मिनेटपछि नै उनले नै गोल थपिन् र पहिलो हाफमा फराकिलो अग्रता दिलाइन्।