शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोनाबाट चेल्सी पुगेपछि चम्किए गुइउ

शुक्रबार, ०५ पौष २०८१खेलपाटी संवाददाता
बार्सिलोनाबाट चेल्सी पुगेपछि चम्किए गुइउ
Loading ad...
mustang rice ad

काठमाडौं। मार्क गुइउको पहिलो हाफको ह्याट्रिकको मद्दतले चेल्सीले बिहीबार शामरक रोभर्सलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै युइएफए कन्फरेन्स लिगको लिग चरण शतप्रतिशत जितको रेकर्डसहित समाप्त गर्‍यो।

१८ वर्षीय युवा फरवार्ड गुइउले यसअघि अस्तानामाथि ३–१ को जित निकाल्दा दुई गोल गरेका थिए। बिहीबारको खेलमा उनले २२औं मिनेटमा नजिकैबाट हेडर गोल गर्दै चेल्सीको लागि स्कोरको खाता खोल्न सफल भए।

रोभर्सका लागि मार्कस पुमले बराबरी गोल गरे पनि गुइउले ३४औं मिनेटमा अर्को गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसपछि किर्नान ड्यूसबरी–हलले ६ मिनेटपछि तेस्रो गोल थप्दै चेल्सीको लिड ३–१ पुर्‍याए। इन्जुरी समयको अन्तिम क्षणमा गुइउले अर्को हेडरमार्फत गोल गर्दै आफ्नो पहिलो ह्याट्रिक पूरा गरे।

‘मैले उनीजस्तो प्रेसरमा खेल्न सक्ने खेलाडी कहिल्यै देखेको छैन,’ हलले टीएनटी स्पोर्ट्ससँग गुइउको प्रशंसा गर्दै भने, ‘उनी अत्यन्त मिहिनती छन्।’ यसै समरमा बार्सिलोनाबाट चेल्सीमा आएका गुइउले प्रतियोगिताका ६ खेलमा ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

दोस्रो हाफमा मार्क कुकुरेलाले थप गोल गर्दै खेललाई ५–१ मा लगेर टुंग्याए। यो जितसँगै चेल्सीले सबै प्रतियोगितामा लगातार आठौं खेल जित्दै क्लबको डिसेम्बर २०१६ को रेकर्ड बराबर गर्‍यो।

युइएफए कन्फरेन्स लिगमा सहभागी ३६ क्लबमध्ये शीर्ष आठ टोली सिधै अन्तिम १६ मा पुग्नेछन्। नवौँदेखि २४औं स्थानसम्मका टोलीले फेब्रुअरीमा नकआउट प्लेअफ खेल्नेछन् भने पुछारका १२ टोली प्रतियोगिताबाट बाहिरिनेछन्। च्याम्पियन्स लिग र युरोपा लिगभन्दा फरक रूपमा कन्फरेन्स लिगको लिग चरणमा टोलीहरूले केवल छ खेल खेल्छन्।

चेल्सी यस सिजनको एक मात्र अपराजित टोली रह्यो। टोलीले एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान पक्का गरेको थियो। चेल्सीले ६ खेलमा २६ गोल गर्दै प्रतियोगिताको अहिलेसम्मकै उच्च स्कोरिङ टोली पनि बन्यो। शामरक रोभर्सले यो पराजयपछि पनि १०औं स्थानमा रहँदै युरोपेली प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो आयरिश क्लबको कीर्तिमान बनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी