• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एनपिएल उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने
खेलपाटी संवाददाता
बिहीबार, पुस ४, २०८१ खेलपाटी संवाददाता
एनपिएल उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने

काठमाडौं। कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिनजिक पुगेको छ।

बिहीबार भएको क्वालिफायर २ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो। 

सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो। उक्त अवसरलाई जनकपुरले सदुपयोग गर्न सफल भयो। कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै जनकपुरसँगको भेट पक्का गरेको थियो। यो भेट कर्णालीले सुखद् बनाउन सकेन।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले अन्तिम ६ बल अगाडि नै आठ विकेट गुमाउँदै पूरा गरेको हो।लिगचरणमा चितवनविरुद्ध १८ बलमै शतक प्रहार गर्दै कीर्तिमान बनाएका न्युजिल्यान्डका ब्याटर जिमी निसमले कर्णालीविरुद्ध आक्रामक ब्याटिङ गर्दै जनकपुरलाई जितनजिक पुर्‍याएका हुन्।

उनी एक समय आफ्नै कीर्तिमान भंग गर्ने स्थितिमा पुगिसकेका थिए। तर, १६ बलमा दुई चौका र पाँच छक्कासहित ४५ रन बनाइसकेको अवस्थामा १६ वर्षीय दायाँ हाते स्पिनर विपिन शर्माले १५.३ ओभरमा बोल्ड गरे। सोही ओभरको अन्तिम बलमा उनले फिनिसर मोहम्मद मोहसिनलाई पनि एक रनमै एलबिडब्यु आउट गराएपछि कर्णालीले खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो। तर, उनी अन्तिमसम्म क्रिजमा टिक्न सकेन।

त्यसअघि जनकपुरका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन देखाउन सकेनन्। ओपनर शुभ कंशाकार तीन, कप्तान आसिफ शेख चार, लाहिरु मिलान्था दुई, आकाश त्रिपाठी १३ र हर्ष ठाकर १७ रनमा आउट भए। तर, तल्लोक्रममा शेर मल्ले अविजित १६ रनको योगदान दिए। उनले १९औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेपछि जनकपुर खेलमा फर्कियो र जनकपुरलाई फाइनल पुग्न सफल भयो।

कर्णालीका विपिनले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। सोमपाल कामी, विलिम बसिस्टो र जिशान मक्शूदले समान एक विकेट आफ्नो नाममा लेखाए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। निर्धारित २० ओभरमा ब्याटिङ गरेको कर्णालीले नौ विकेट गुमाउँदै ११८ रन बनाउन सक्यो।

कर्णालीका फिनिसर गुल्शनकुमार झाले २५ रन बनाए। २० बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे। यो नै कर्णालीका ब्याटरले बनाएको सर्वाधिक रन हो। उनीबाहेक ओपनर देव खनाल २४, विलियम बसिस्टो १४, जिशन मक्शूद युनिस ठकुरीले समान १२ र चाड्विक वाल्टन ११ ले बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

जनकपुरका ललितनरायण राजवंशी, जिमी निसम र मोहम्मद मोहसिनले समान दुई विकेट लिए। हर्ष ठाकर र शेर मल्लको नाममा समान एक विकेट रह्यो। 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP