कर्णालीको खराब सुरुआत
बिहिबार, पुष ४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर २ मा खराब सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर कर्णालीलाई पहिला ब्याटिङको निम्तो दिएका थिए। तर, कर्णालीले राम्रो सुरुआत गर्न सकेन। कर्णालीले दोस्रो ओभरको पहिलो बलमै जयकिशन खोल्सावालाई एक रनमै गुमाएको थियो। ललितनारायण राजवंशीको बलमा उनी एक रनमै हर्ष ठाकरबाट क्याच आउट भए।
ओपनर देव खनाल पनि २४ रन बनाएर पभिलियन फर्किए। २० बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए। तर, उनी आकाश त्रिपाठीबाट क्याच आएट भएपछि कर्णाली थप दबाबमा पर्यो। सोही बेला जिशन मक्शूद १२ रनमा पभिलियन फर्किए।










-1762997834781.jpeg&w=3840&q=75)



