शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कार्लो बने क्लब इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने प्रशिक्षक

बिहिबार, ०४ पौष २०८१खेलपाटी संवाददाता
कार्लो बने क्लब इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने प्रशिक्षक
Loading ad...
mustang rice ad

काठमाडौं। रियल मड्रिडले मेक्सिकन टोली पाचुकालाई ३–० ले पराजित गर्दै इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। यो जितले कार्लो एन्सेलोट्टीलाई क्लब इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने प्रशिक्षक बनाएको छ। उनले मिगुएल मुनोजको १४ ट्रफीको कीर्तिमानलाई तोड्दै आफ्नो १५औं उपाधि उचाले।

एन्सेलोट्टी, जसलाई हालै फिफा ‘द बेस्ट’ अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषित गरिएको थियो। खेलपछि आफ्नो खुसी व्यक्त गर्दै भने, ‘हामीले उत्कृष्ट प्रदर्शन गऱ्यौं। यो सफलता टोलीको उत्कृष्ट मनोवृत्ति र प्रतिबद्धताको परिणाम हो।’

खेलमा केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले एक–एक गोल गरे। रियल यो जितसँगै चार पटक इन्टरकन्टिनेन्टल कप जित्ने इतिहासकै पहिलो क्लब बनेको छ। यसअघि सन् १९६०, १९९८, र २००२ मा क्लबले यो प्रतियोगिता जितेको थियो।

एमबाप्पेले चोटपछि मैदानमा फर्कँदै ३७औं मिनेटमा भिनिसियसको पासलाई गोलमा परिणत गरेर रियललाई अग्रता दिलाए। ५३औं मिनेटमा रोड्रिगोले कर्नरबाट आएको बलमा अर्को गोल थपे। खेलको अन्त्यतिर भिनिसियसले पेनाल्टीबाट गोल गर्दै जितलाई सुनिश्चित गरे।

पाचुकाले यस प्रतियोगिताको प्रारम्भिक चरणमा दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगो र इजिप्टका अल अहलीलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो। तर, उपाधि जित्ने पाचुकाको सपना रियलको बलियो प्रदर्शनका कारण अधूरो रह्यो।

फिफाले सन् २०२५ मा क्लब विश्वकपलाई ३२ टोलीमा विस्तार गर्ने घोषणापछि यो इन्टरकन्टिनेन्टल कप नयाँ ढाँचामा हुन लागेको अन्तिम संस्करण हो। रियलले पाँच पटक क्लब विश्वकप जितेको इतिहास पनि बोकेको छ।

सन् २०२१ मा पुनः रियलको प्रशिक्षक बनेका एन्सेलोट्टीले आफ्नो दोस्रो कार्यकालमा ११ वटा उपाधि जितेका छन्, जसमा एक च्याम्पियन्स लिग पनि समावेश छ। क्लबमा ६५ वर्षीय प्रशिक्षकको यो सफलता उनको उत्कृष्ट व्यवस्थापन र रणनीतिक कौशललाई पुष्टि गर्छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी