• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कर्णाली क्वालिफायर २ मा, बाहिरियो चितवन
खेलपाटी संवाददाता
बुधबार, पुस ३, २०८१ खेलपाटी संवाददाता
कर्णाली क्वालिफायर २ मा, बाहिरियो चितवन

काठमाडौं। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई एलिमिनेटरमा २१ रनले पराजित गर्दै क्वालिफायर २ मा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउन असफल चितवनले १५४ रन मात्रै बनाउन सक्यो।

अब कर्णालीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको क्वालिफायर १ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

चितवनले १७५ रनको लक्ष्य पछ्याउने क्रममा सम्हालिएको सुरुआत गर्न सकेन। पहिलो ओभरको पाँचौं बलमा हसन इसाखिल एक रनमै गुल्शनकुमार झाको हातमा क्याच आउट भएपछि चितवनले लगातार विकेट गुमाउँदै दबाबमा पर्‍यो। पहिलो पावरप्लेमा चितवनले ४७ रन जोड्दा तीन प्रमुख ब्याटर गुमाइसकेको थियो। विपिन रावलले १८ र ल्युक बेन्केनस्टेनले १६ रन बनाएर आउट भए।

कप्तान कुशल मल्ल र रवी बोपाराले चौथो विकेटका लागि ३६ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर, कुशल २१ रनमै बोल्ड भएपछि चितवनको दबाब झन् बढ्यो।

रवीले ३४ बलमा तीन चौका र चार छक्कासहित ५३ रन बनाएर उत्कृष्ट प्रदर्शन गरे। तर, उनले पनि टोलीलाई जित दिलाउन सकेनन्। अन्य ब्याटर सन्तोष कार्की, सोहेल तनवीर, रिजन ढकाल र अमर रौटेलले दोहोरो अंकको स्कोर बनाउन असफल भए, जसले चितवनको यात्रा समाप्त गर्‍यो।

बलिङतर्फ कर्णालीका जिशन मक्शूद सर्वश्रेष्ठ रहे। उनले चार ओभर बलिङ गर्दै तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिए भने विपिन शर्माले एक विकेट हात पारे। यो जितसँगै कर्णाली याक्स उपाधि होडका लागि अझै दौडमा रहँदै महत्त्वपूर्ण अवस्थामा पुगेको छ।

त्यसअघि विलियम बसिस्टो र जयकिशन कोल्सावालाको अर्धशतकसँगै कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।

तर, कर्णालीको सुरुआत ठिकठाकै रहे पनि पावरप्ले भित्र नै दुई विकेट गुमाउँदै ४९ रनमात्र बनाउन सफल भयो। ओपनर ऋत गौतम खाता नै नखोली आउट भए भने तेस्रो नम्बरमा आएका जिशन मक्शूद १२ बलमा एक चौका र एक छक्कासहित १४ रन बनाएर रञ्जित कुमारबाट क्याच आउट भए।

कर्णाली दबाबमा परेको अवस्थामा जयकिश र बसिस्टोले तेस्रो विकेटका लागि ५९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए। जयकिशनले ३९ बलमा ५३ रन बनाउँदै १२.४ ओभरमा शरद भेष्वाकरको बलमा क्याच आउट भए। उनको इनिङ्समा ६ चौका र २ छक्का प्रहार भए।

गुल्शनकुमार झा क्रिजमा आउनासाथ शून्य रनमा आउट भए पनि बसिस्टोले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै प्रतियोगिताको दोस्रो अर्धशतक पूरा गरे। उनले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाए। बसिस्टो अन्तिमतिर सोहेल तनवीरको बलमा बोल्ड भए। तर, त्यसअघि उनले चाड्विक वाल्टनसँग ६७ रनको अर्को महत्त्वपूर्ण साझेदारी गरे।

वाल्टनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४६ रन बनाए, जबकि देव खनालले तीन रनको योगदान गरे। चितवनका बलरहरूमध्ये सोहेल तनवीरले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए। शरद भेष्वाकर, कुशल मल्ल र रवी बोपाराले समान एक विकेट लिए।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP