अश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं। भारतीय टोलीका अनुभवी अलराउन्डर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
ब्रिसबेनमा भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट खेलपछि उनले सन्यासको निर्णय लिएका हुन्। अश्विनको अन्तिमपल्ट एडिलेडमा डे–नाइट टेस्ट खेलेका थिए।
प्रेस कन्फ्रेन्समा भारतीय कप्तान रोहित शर्मासँगै उपस्थित अश्विनले भने,‘अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा आज मेरो अन्तिम दिन हो। तर, म क्लब क्रिकेटमा जारी राख्नेछु। मैले रोहित, विराट, अजिन्क्य, पुजारा र मेरो बलमा क्याच लिने सबै क्रिकेटरहरूसँग सम्झनायोग्य क्षण बिताएको छु। बीसीसीआई, मेरा प्रशिक्षक, टिमका सहकर्मी र विशेषगरी अस्ट्रेलियन खेलाडीहरूप्रति आभार प्रकट गर्न चाहन्छु, जसविरुद्ध सधैं खेल्न रमाइलो भयो।’
अश्विनले भारतका लागि १०६ टेस्ट म्याच खेलेका छन् र २४ को औसतमा ५३७ विकेट लिँदै अनिल कुम्बलेलगत्तै टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो भारतीय बलर बनेका छन्।
अश्विनको हालका शंखलामा प्रदर्शन मध्यम रहेको थियो। उनले न्यूज़िल्यान्डविरुद्धको तीन टेस्ट शृंखलामा ४१.२ को औसतमा ९ विकेट मात्र लिए।










-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)

