काठमाडौं। कर्णाली याक्सका फिनिसर गुल्शनकुमार झा नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रोपल्ट शून्यमा आउट भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्वालिफायर २ मा पुग्न कर्णालीले चितवन रोइनोजविरुद्ध ब्याटिङ गरिरहेको छ। गुल्शन पाँचौं नम्बरमा ब्याटिङमा आएका थिए। तर, तीन बल खेलेका उनलाई चितवनका कप्तान कुशल मल्लले शून्य रनमा पभिलियन फर्काए। यसअघि उनी लिगचरणमा विराटनगर किङ्सविरुद्ध पनि शून्य रनमै आउट भएका थिए।
गुल्शनले जारी लिगमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। आठ इनिङ्स खेलेका उनले ११०.३० को स्ट्राइक रेटमा जम्मा १०७ रन मात्रै प्रहार गरेका छन्।