काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा २३औं अर्धशतक प्रहार भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका जयकिशन कोल्सावालाले चितवन रोइनोजविरुद्ध अर्धशतक पूरा गरेसँगै यो आकडा पुगेको हो।
३६ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। अहिलेसम्म एनपिएलमा पोखरा एभेन्जर्सका आन्द्रेस गौउसले मात्रै शतक प्रहार गरेका छन्। यस्तै, दोहोरो अर्धशतक प्रहार पनि दुई ब्याटरले मात्रै गरेका छन्। प्रतियोगिताबाट बाहिरिइसकेको लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले दुई अर्धशतक प्रहार गरेका थिए। यस्तै, चितवनका रवी बोपाराको नाममा पनि दुई अर्धशतक छन्।
चितवनका कप्तान कुशल मल्ल, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुर बोल्ट्स कप्तान अनिलकुमार साहले समेत समान एक अर्धशतक प्रहार गरेका छन्।
लाहिरु मिलन्था, बसिर अहदम, सैफ जैब, ब्रान्डन म्याकमुलन, दिनेश खरेल, जिमी निसम, विलियम बसिस्टो, मार्टिन गप्टिल, शेखर धवन, स्टेफन एस्कान्जी, लोकेश बम, हसन इसाखिल, विवेककुमार यादव, देव खनाल र साद बिन जाफरले पनि समान एक/एक अर्धशतक प्रहार गरेका छन्।