काठमाडौं। सुरुआती खराब भएपनि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा चितवन राइनोजविरुद्ध पहिलो पावरप्लेमा दुई विकेट गुमाउँदै ४९ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएका थिए। कर्णालीले दोस्रो ओभरको पहिलो बलमै ऋत गौतमलाई शून्य रनमै गुमाएको थियो।
तर, ओपनर जयकिशन कोल्सावाला र जिशान मक्शूदले दोस्रो विकेटका लागि २९ रनको साझेदारी गरे। १२ बलमा एक चौका र एक छक्कासहित १४ रन प्रहार गरेका मक्शूद पाँचौं ओभरको अन्तिम बलमा रञ्जित कुमारबाट क्याच आउट भए।