काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटर खेल बुधबार चितवन राइनोज र कर्णाली याक्सबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
यो खेल दुबै टोलीका लागि 'नकआउट' म्याच हुनेछ, जहाँ हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ।
चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए। दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडे। नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो।
समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ। चितवन भने त्यस हारको बदला लिने लक्ष्यसहित मैदान उत्रिनेछ।