पथरी। लेटाङमा जारी टी–२० क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा गछिया क्रिकेट क्लब विजयी भएको छ।
गछियाले बेलबारी क्रिकेट क्लबलाई १५ रनले पराजित गरेको हो। गछियाले निर्धारित २० ओभरमा बनाएको १६६ रनको लक्ष्यलाई बेलबारीले भेट्न सकेन।
बेलबारी १७ ओभरमा १५१ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो। खेलको म्यान अफ द म्याच गछियाका इन्टेइन रिजाल घोषित भए। उनले ५४ रन बनाउनुका साथै तीन विकेट लिएका थिए।
बुधबार युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोड र पथरीशनिश्चरे क्रिकेट क्लबबीच खेल हुने छ ।