काठमाडौं। जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डर बोल्ट्स कप खेलकुद २०२४ मंगलबार सम्पन्न १२ वर्षमुनि छात्र फुटबलअन्तर्गत समूह चरणको खेलमा ब्लूम नेपाल स्कुलले शिखर स्कुललाई ७-१ को गोलले पराजित गरेको छ।
जेम्स स्कुलको खेलमैदानमा जारी प्रतियोगिताको अर्को खेलमा लिटिल फ्लावर स्कुलले लर्डस लाइट एकेडेमीलाई ४-० गोलले र चेल्सी वर्ल्ड स्कुलले लिटिल एन्जेल्स स्कुललाई ४-१ ले गोलले हरायो भने सेन्ट जेभियर्स स्कुल र निस्ट स्कुलको खेल २-२ गोलको बराबरीमा टुंगियो।
त्यसैगरी १६ वर्षमुनि छात्र क्रिकेटमा एलआरआई स्कुलले जेम्स स्कुललाई ९ विकेटले, लिटिल एन्जेल्स स्कुलले भ्याली पब्लिक स्कुललाई ८ विकेटले र चेल्सी वर्ल्ड स्कुलले जेम्स स्कुललाई ७ विकेटले पराजित गर्यो।
थन्डरबोल्ट्स कप बास्केटबल यु-१८ छात्रतर्फको समूहचरणको खेलमा काठमान्डु वर्ल्ड स्कुलले बर्नहार्ट स्कुललाई ६३-५९ स्कोरले, नामी कलेजले मोलिस स्कुललाई ४८-२२ स्कोरले र गोल्डेनगेट इन्टरनेसनल कलेजले जेम्स स्कुललाई ४७-१५ ले पराजित गर्यो।
त्यस्तै यु-१८ छात्रातर्फ समूहचरणमा नामी कलेजले रिब्स स्कुललाई प्रतिस्पर्धात्मक खेलमा २१-१९ स्कोरले पराजित गर्यो।
यु- १६ छात्रतर्फ भने एलआरआई स्कुलले ओएसिस स्कुललाई ५३-४७ तथा रातो बङ्गला स्कुलले मेगस स्कुललाई ४४-२३ स्कोरले हराउन सफल भयो।
थन्डर्स बोल्ट्स कपमा विभिन्न १२ खेलमा उपत्यका भित्र र बाहिरका गरी १४० विद्यालय र ४ हजार भन्दा वढी खेलाडीहरु विच प्रतिस्पर्धा चलिरहेको छ।