रूपन्देही। तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता पुस १० देखि १७ गतेसम्म नवजिवन खेल मैदानमा हुन लागेको हो।
आफ्नो क्षेत्रमा रहेका क्रिकेटका प्रतिभालाई प्रष्फुटन गराउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले प्रतियोगिताका लागि पाँच लाख विनियोजन गरेको तिलोत्तमा क्रिकेट विकास समितिले जनाएको छ।
प्रतियोगिता १६ वटा वडा टिम रहनेछन् । विजेताले ५० र उपविजेताले ३० हजार रूपैयाँ पाउने छन्। उत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याटस्म्यान र उत्कृष्ट फिल्डरले समान ५ हजार रुपैयाँ पाउने छन्।