शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लुकम्यान अफ्रिकी वर्ष खेलाडी घोषित

मंगलबार, ०२ पौष २०८१खेलपाटी संवाददाता
लुकम्यान अफ्रिकी वर्ष खेलाडी घोषित
Loading ad...
mustang rice ad

काठमाडौं। नाइजेरियाका फरवार्ड एडेमोला लुकम्यान ‘अफ्रिकी वर्ष खेलाडी’ घोषित भएका छन्।

लुकम्यानले गत मे महिनामा डबलिनमा भएको युरोपा लिगको फाइनलमा ह्याट्रिक गर्दै आफ्नो क्लब इटालियन एटलान्टालाई बायर लेभरकुसेनविरुद्ध जित दिलाएका थिए। साथै यस वर्षको सुरुआतमा नाइजेरियालाई अफ्रिका कप अफ नेसन्सको फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। प्रतियोगितामा उनले तीन गोल गरेका थिए।

इङ्ल्यान्डको लन्डनमा जन्मेका लुकम्यानले प्रिमियर लिगमा एभर्टन, फुलह्याम र लेस्टर सिटीबाट खेलेका थिए। सन् २०२२ मा उनले इटालियन सिरी ए क्लब एटलान्टामा आवद्ध हुँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले गत सिजन एटलान्टाका लागि १७ गोल गरेका थिए।

अवार्ड जितेपछि लुकम्यानले भने, ‘यो अवार्ड एक वरदान हो। अफ्रिकाको उत्कृष्ट खेलाडीको रूपमा मान्यता पाउनु अविश्वसनीय कुरा हो। चार वर्षअघि मेरो करियर कमजोर अवस्थामा थियो, तर आज म यहाँ छु। आफ्ना असफलताले तपाईको सपनालाई रोक्न नदिनुहोस्।’

लुकम्यानले यस अवार्डका लागि मोरक्कोका अच्राफ हाकिमी, गिनीका सेरहाउ गुइरासी, आइभोरी कोस्टका सिमोन एडिंग्रा र दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सलाई पछि पारेका थिए। यो अवार्ड राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानहरू सम्मिलित प्यानलले मतदानमार्फत चयन गरेको हो।

लुकम्यान यो अवार्ड जित्ने सातौं नाइजेरियाली खेलाडी हुन्। उनले गत वर्षको विजेता भिक्टर इक्पेबाको स्थान लिएका छन्। यसअघि नाइजेरियाका नवान्को कानु (दुई पटक), इमानुएल अमुनिके, भिक्टर इक्पेबा र रसिदी येकिनीले यो अवार्ड जितेका थिए।

जाम्बियाकी बार्ब्रा बान्दालाई अफ्रिकी महिला वर्ष खेलाडी घोषित गरिएको छ। २४ वर्षीया बान्डाले आफ्नो क्लब ओर्लान्डो प्राइडलाई पहिलो एनडब्लुएसएल च्याम्पियनसिप उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएकी थिइन्। उनले कान्सास सिटीविरुद्ध निर्णायक गोल गर्दै क्लबको जित सुनिश्चित गरेकी थिइन्।

बान्डा जाम्बियाको टोलीमा समावेश हुँदै दुई वर्षअघि महिला अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेकी थिइन्। साथै फिफाले उनलाई सन् २०२३ को महिला विश्वकपमा भाग लिन अनुमति दिएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी