शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोशी बाहिरिएसँगै बागमतीले सुपर लिग खेल्ने

सोमबार, ०१ पौष २०८१खेलपाटी संवाददाता
कोशी बाहिरिएसँगै बागमतीले सुपर लिग खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) को पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती युवा क्लबसँग खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पहिलो चरणको लिगमा सानदार प्रदर्शन गर्दै सुपर लिगमा स्थान बनाएको कोशी प्रदेशलाई बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको हो। आर्मीले पहिलो चरणमा २२ अंकसहित दोस्रो स्थान हात पारेको थियो। यो खेल पुस १८ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपरान्ह्र तीन बजे हुनेछ।

गत भाद्र र असोजमा एन्फा कम्प्लेक्सको मैदानमा राउन्ड रोबिनको आधारमा सञ्चालित पहिलो चरणमा विभागीय तीन टिमसहित १० टिमले प्रतिस्पर्धा गरेका थिए। जसमा सशस्त्र प्रहरी बल एपिएफ (२५ अंक) पहिलो, आर्मी (२२) दोस्रो,  नेपाल पुलिस क्लब (२१) तेस्रो, वालिङ नगपालिका (१५) चौथो र कोशी प्रदेश (१४) पाँचौं स्थानमा रहेका थिए। बागमती (१०) छैटौं, संकटा फुटबल क्लब (आठ) सातौं, चन्द्रपुर नगरपालिका (आठ) आठौं, कर्णाली प्रदेश (चार) नवौं र सबै खेल हारेको सुदूरपश्चिम अन्तिम तथा १०औं स्थानमा रहेका थिए।

एन्फाका अनुसार शीर्ष पाँच टोलीले सुपर लिग खेल्न पाउने थिए। तर, आर्थिक संकट जनाउँदै कोशी प्रदेश फुटबल संघको टिमले नखेल्ने भएपछि एन्फाले बागमतीलाई स्थान दिएको हो। सुपर लिगमा सहभागी पाँच टिमले एक–अर्काविरुद्ध दुई–दुई खेल खेल्नेछन्।

त्यसबाट एक टोली बाहिरिइने छ भने शीर्ष चार टोली प्लेअफ पुग्नेछन्। शीर्ष दुई टोली पहिलो क्वालिफायरमा पुग्ने छन्। तेस्रो र चौथो स्थान हासिल गर्ने टोली इलिमिनेटरमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ। पहिलो क्वालिफायर विजेताले सिधै फाइनलमा स्थान बनाउने छ। पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेताको सामना गर्नेछ । प्लेअफदेखिका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी