पाकिस्तानले दियो नेपाललाई सामान्य लक्ष्य
सोमबार, पुष १, २०८१खेलपाटी संवाददाता

काठमाडौं। पाकिस्तानले यु–१९ एसिसी महिला एसिया कपमा नेपाललाई १०५ रनको सामान्य लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनााएको हो।
पाकिस्तानकी ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाइन्। ४४ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। मध्यक्रमकी महम अनिसले २९, रवैल फरहानले १३ कप्तान जोफिसान अय्याजले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले २७ रन खर्चिइन्। यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमना केसीको नाममा समान एक विकेट रह्यो।












-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)