• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विराटनगरमाथि काठमाडौंको पुनरागमन जित, प्लेअफ सम्भावना कायमै
खेलपाटी संवाददाता
आइतबार, मंसिर ३०, २०८१ खेलपाटी संवाददाता
विराटनगरमाथि काठमाडौंको पुनरागमन जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिइसकेको विराटनगर किङ्ससँग पुनरागमन जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ समीकरण जिवितै राखेको छ। आइतबार भएको खेलमा विराटनगरलाई काठमाडौंले एक विकेटले पराजित गरेको हो। 

 १० अंक जोडेको जनकपुर बोल्ड्स प्लेअफमा पुगिसकेको छ। सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स र काठमाडौंको समान आठ अंक छ। अब प्लेअफमा पुग्न काठमाडौंले सुदूरपश्चिमविरुद्ध हुने लिगचरणको अन्तिम खेलमा कर्णालीको ठूलो हारको कामना गर्नेछ। यस खेलमा कर्णालीले अप्रत्याशित हार बेहोरे काठमाडौं प्लेअफमा पुग्नेछ।

विराटनगरले दिएको ११८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाउँदै १२० रन बनायो। 

काठमाडौंले पहिलो पावर प्लेमा पाँच विकेट गुमाउँदै ३९ रन बनाएको छ। यसअघि विराटनगरले पहिलो पावर प्लेमा दुई विकेट गुमाउँदै ४५ रन बनाएको थियो। 

ओपनर स्टेफन इस्कान्जी तीन बल खेल्दै एक रनमा पभिलियन फर्किए। माइकल लेभिटलाई पनि विराटनगरका कप्तान सन्दीप लामिछानेले तेस्रो ओभरको पहिलो बलमा १० रनमा क्याच आउट गराए। सोही ओभरको अन्तिम बलमा सन्दीपले ग्रेहार्ड इरास्मसलाई १२ रनमा क्याच आउट गराएसँगै काठमाडौं मुस्किलमा परिसकेको थियो।

यस्तो अवस्था डन डाउथवेट पनि एक रनमा फर्किए। छैटौं विकेटका लागि रासिद खान र प्रतिक श्रेष्ठले ३७ रनको साझेदारी गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, सन्दीपले १४ रनमा बोल्ड गर्दै रासिदलाई पभिलियन फर्काएसँगै विराटनगरले खेलमा पुनरागमन गरेको थियो।

यस्तो अवस्थामा १४औं ओभरको तेस्रो बलमा अनिल खरेलले सेट भइसकेका ब्याटर प्रतिकलाई ३९ रमा दिपक बोहराबाट क्याच आउट गराए। ३४ बल खेलेका प्रतिकले समान दुई चौका र छक्का प्रहार गरे। अर्को बलमा काठमाडौंका कप्तान करण केसीलाई पनि उनले डक आउट गरे।

तल्लोक्रमका दीपेश कँडेलले काठमाडौंलाई खेलमा पुनरागमन गराए। पाँच बल खेलेका उनले एक चौका र छक्का प्रहार गरे। शंकर राणा १६ रनमा अविजित रहे। तीन ओभर बलिङ गरेका सन्दीपले सर्वाधिक तीन विकेट लिए। उनले १९ रन खर्चिए। क्रिस सोल, बसिर अहमद र अनिलले दुई विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगर किङ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो।

विराटनगरका कुनै पनि ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्। ओपनर लोकेश बमलाई विराटनगरले तेस्रो ओभरको चौथो बलमै आठ रनमा गुमाएको थियो। उनी डन डाउथवेटबाट एलबिडब्यु आउट भए। १२ रन जोडेका निकोलस किर्टन पनि रन आउट भएपछि काठमाडौंले पहिलो पावर प्लेमा दुई विकेटको क्षतिमा ४५ रन बनाएको थियो।

त्यसपछि पनि विराटनगरले विकेट गुमाउने क्रम जारी राख्यो। अर्का ओपनर दिपक बोहरालाई दिपेश कँडेलले २० रनमा एलबिडब्यु आउट गरे। स्कट एडवार्ड्स १५, इस्मत अलाम पाँच,  बसिर अहमद १३, क्रिस सोल एक र कप्तान सन्दीप लामिछाने शून्यमै पभिलियन फर्किए। 

तर, मध्यक्रमका राजेश पुलामीले २१ बलमा २५ रनको इनिङ्स खेल्दै विराटनगरलाई सम्मानजनक स्थितिमा पुर्‍याए।काठमाडौंका ग्रेहार्ड इरास्मसले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। दिपेशले दुई विकेट लिँदा शाहब आलम, करण केसी र डन डाउथवेटको नाममा समान एक विकेट रह्यो।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP