काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने चम्किँदा नेपाल प्रिमियर लिग (एनपिएल) मा जित्नै पर्ने खेलमा विराटनगर किङ्सले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गुर्खाजले ब्याटिङमा संघर्ष गर्न थालेको छ।
काठमाडौंले पहिलो पावर प्लेमा पाँच विकेट गुमाउँदै ३९ रन बनाएको छ। यसअघि विराटनगरले पहिलो पावर प्लेमा दुई विकेट गुमाउँदै ४५ रन बनाएको थियो।
काठमाडौंका ओपनर स्टेफन इस्कान्जी तीन बल खेल्दै एक रनमा पभिलियन फर्किए। माइकल लेभिटलाई पनि विराटनगरका कप्तान सन्दीपले तेस्रो ओभरको पहिलो बलमा १० रनमा क्याच आउट गराए। सोही ओभरको अन्तिम बलमा सन्दीपले ग्रेहार्ड इरास्मसलाई १२ रनमा क्याच आउट गराएसँगै काठमाडौं मुस्किलमा परिसकेको थियो।
यस्तो अवस्था डन डाउथवेट पनि एक रनमा फर्किए। तीन ओभर बलिङ गरिसकेका सन्दीपले १४ रन खर्चिएर दुई विकेट लिइसकेका छन्। क्रिस सोलले पनि दुई विकेट लिएका छन्। बसिर अहमदको नाममा भने एक विकेट छ।