ब्रायन लारा भोलि नेपाल आउँदै
२०२४ डिसेम्बर १२, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं। वेस्ट इन्डिजका लिजेन्ड पूर्वक्रिकेटर ब्रायन लारा शुक्रबार नेपाल आउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार उक्त जानकारी दिएको हो। क्यानका अनुसार ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लिजेन्ड बिहान ८:२० बजे मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन्।
गतवर्ष नेपाली क्रिकेट टोली आइसिसी टी-२० विश्वकपमा छनोट हुँदा बधाई दिँदै उनले आफू नेपाल आउन इच्छुक रहेको बताएका थिए। एनपिएलमा लिग चरणमा २८ खेल हुनेछन्। तीमध्ये मंगलबारसम्म २१ खेल सकिइसकेको छ। अब प्लेअफ र फाइनलसमेत गरेर १५ खेल बाँकी छ। यही खेल अबलोकन गर्न लारालाई नेपाल ल्याउने तयारी गरिएको क्यानले जनाएको छ।