जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
बिहिबार, मंसिर २७, २०८१खेलपाटी संवाददाता
-1733993651.jpeg&w=3840&q=75)
काठमाडौं। काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको हो। काठमाडौंका ग्रेहार्ड इराइस्मसले सर्वाधिक २० रन बनाए। यस्तै, कप्तान करण केसीले १९ र ओपनर स्टेफन इस्किनाजी १७ रन बनाए।
काठमाडौंलाई सस्तैमा समेट्न जनकपुरका ललितनारायण राजवंशी र शेर मल्ले समान तीन विकेट लिए। मोहमद मोसेमले समान दुई विकेट लिँदा अरनिको यादव र किशोर महतोले एक एक विकेट हात पारे।