शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुरुष फिफप्रो विश्व ११ मा अटाएनन् मेसी र रोनाल्डो

मंगलबार, २५ मंसिर २०८१खेलपाटी संवाददाता
पुरुष फिफप्रो विश्व ११ मा अटाएनन् मेसी र रोनाल्डो
Loading ad...
mustang rice ad

काठमाडौं। ग्लोबल प्लेयर्स युनियन फिफप्रोले सोमबार आयोजना गरेको वर्षको पुरुष विश्व टिममा सर्वकालिक महान खेलाडीको सूचीमा लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोले स्थान बनाउन सकेनन्।

एमएलएस क्लब इन्टर मियामीबाट खेल्ने ३७ वर्षीय मेसी सन् २००६ पछि पहिलो पटक टिममा अटाउन असफल भएका हुन्। अर्जेन्टिनाको विश्वकप विजेता र कीर्तिमानी आठ पटकको बालोन डी'ओर विजेता मेसी १७ पटक छनोट भएर कीर्तिमान कायम गरेका छन्। रोनाल्डो १५ पटक छनोट भएका छन्। तर, पछिल्लो पटक उनी सन् २०२१ मा छनोट भएका थिए।

उनीहरूको अनुपस्थितिले फुटबलमा नयाँ पुस्ताको दबदबा देखाएको छ। ३९ वर्षीय रोनाल्डो साउदी प्रो लिगमा अल–नासरबाट खेल्दै आएका छन्। यस वर्षको टिम अफ द इयरमा कीर्तिमानी १५ पटकको च्याम्पियन्स लिग विजेता रियल मड्रिडका ६ र प्रिमियर लिगको हेभिवेट म्यानचेस्टर सिटीका चार खेलाडी परेका छन्। लिभरपुलका उत्कृष्टमध्ये भर्जिल भान डाइक अन्य खेलाडी छनोट भए।

विश्व ११ का लागि ७० देशका व्यावसायिक खेलाडीले मतदान गरेका थिए। सिटीका एडर्सनले गोलकिपरको जिम्मेवारी पाएका छन्। रियलका डानी कार्भाजल र एन्टोनियो रुडिगरले भान डाइकसँग डिफेन्स लाइन सम्हालेका छन्।

रियलका मिडफिल्डर जुड बेलिङ्घम र टोनी क्रुस, प्लेमेकर केभिन डी ब्रुइन र बालोन डी'ओर विजेता रोड्रीलाई सिटीबाट छनोट गरिएको छ। सिटीका स्ट्राइकर एर्लिङ हालान्डले केलियन एमबाप्पे र रियलका उनका साथी भिनिसियस जुनियरसँग मिलेर अट्याकिङमा आफ्नो स्थान बनाएका छन्।

फिफप्रोले सन् २००५ देखि विश्वका व्यावसायिक फुटबलरलाई आफ्नो पुरुष टोली र सन् २०१५ देखि महिला टोली छनोटका लागि आमन्त्रण गर्दै आएको छ। यो एक मात्र विश्वव्यापी फुटबल पुरस्कार हो जुन खेलाडीहरू द्वारा विशेष रूपमा निर्णय गरिन्छ। 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी