इलाम। डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
दोस्रो क्वार्टरफाइनल खेलमा पाहुना टोली दार्जिलिङको गोर्खाल्यान्ड टोरोटोरियल एडमिनिस्ट्रेसन आर्मी (जिटिए)–११ लाई २–१ ले हराउँदै एनआरटीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
सुरुआती अग्रता जोगाउन नसक्दा जिटिए प्रतियोगिताबाट बाहिरियो। ३९औं मिनेटमा जिटिएले अग्रता बनाएको थियो। ३८औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई भाइचुङ राईले गोल गर्दै अग्रता दिलाए। ४३औं मिनेटमा नेयमारले खेल बराबरी गरे। पहिलो हाफ १–१ बराबरी भएको खेलको ८५औं मिनेटमा मार्टिनले अग्रता दिलाए।
खेलको म्यान अफ द म्याच एनआरटीका जय गुरुङ घोषित भए। उनले आठ हजार एक सय रुपैयाँ प्राप्त गरे। अन्तिम क्वार्टरफाइनल खेलमा चर्च बोइज युनाइटेड र त्रिभुवन आर्मी भिड्दै छन्।