काठमाडौं । सातौं नेक्सस कप फुटबल प्रतियोगितामा ब्रह्मकुञ्ज शिक्षा सदन र अर्चिड पुपिल ईङ्लिस स्कुलले जित हासिल गरेका छन् ।
आईतबार सम्पन्न खेलमा ब्रह्म कुञ्ज शिक्षा सदनले ग्लोबल पब्लिक स्कुललाई ८–० ले हरायो ।
ब्रह्म कुञ्जका आदित्य श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा अर्चिडले ग्रिनविचलाई ४–० ले हरायो । अर्चिडका सगुन श्रेष्ठ प्लेयर अफ द म्याच चुनिए ।
भोलि हुने क्वार्टरफाइनलको खेलमा नेक्सस ईन्टरनेश्नल र वेस्ट ग्रुप भिजनरी तथा मोनास्टिक ईङ्लिस र लिसेयुम प्याराडाइज एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
नेक्सस ईन्टरनेश्नल एकेडेमीको आयोजनामा सञ्चालित प्रतियोगितामा १६ टोलीको सहभागीता छ । प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक विवेश कटवालले बताए ।