निजगढ। १६ वर्ष मुनिको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुलभजंग राणा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार राणालाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो।
एन्फा महासचिव किरण राईले राणालाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरिएको नियुक्तिपत्र प्रदान गरेका हुन्। नेपाल र भुटानको यु–१६ राष्ट्रिय महिला टोलीबीच काठमाडौंमा पौष ५ गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै छ। सोही प्रतियोगितालाई लक्षित गरेर एन्फाले टोली तयार गर्न लागेको हो। टोलीको सहायक प्रशिक्षकमा गृष्ममणि शाक्य नियुक्त भएका छन् भने टिम म्यानेजरमा निरु थापा नियुक्त भएकी छिन्।