शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

चितवनसँग हार्‍यो सुदूरपश्चिम

आइतबार, मंसिर २३, २०८१खेलपाटी संवाददाता
चितवनसँग हार्‍यो सुदूरपश्चिम
Classic Tech Internet Ad

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो। 

चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनमै समेटियो। सुदूरपश्चिम रोयल्सले यसअघिका तीन खेलमा प्रभावशाली प्रदर्शन गर्दै विराटनगर किङ्सलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ।

अर्कोतर्फ कुशल मल्लको कप्तानीमा रहेको चितवन भने कर्णाली याक्ससँग ६ विकेटले पराजित भए पछि पुनरागमन गर्न सफल भएको हो। चितवनले काठमाडौं गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको थियो। 

जितपश्चात् चार खेलबाट चितवनले ६ अंक पुर्‍याएको छ। तर, नेट रनरेटमा तेस्रो स्थानको चितवन समान अंक रहेको सुदूरपश्चिमसँग पछाडि छ। कुनै खेल नहारेको जनकपुर बोल्ड्स भने आठ अंकसहित शीर्ष स्थानमा छ। 

सुदूरपश्चिम रोयल्सका इशाल पाण्डेले सर्वाधिक ३५ रन बनाए। २८ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। यस्तै, ओपनर सैफ जैबले १८, स्कट कुग्गेलिजनले १६, ब्रान्डन म्याकमुलनले १३ र दिलप्रीत बाजवाले १२ रन बनाउनुबाहेक अन्यको प्रदर्शन राम्रो रहेन।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न रिजन ढकाल, कुशल मल्ल, जान निकोल लोफ्टी इटन र अमर रौटेलाले समान दुई विकेट लिए। सोहेल तनवीर र रञ्जित कुमारको नाममा एक विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६४ रन बनाएको थियो। 

ओपनर हसन इसाखिल हसनसँगै ओपनिङमा उत्रिएका सन्तोष कार्की नौ रनमा आउट भए। तर, हसनले ५२ बलमा ६ चौका र तीन छक्कासहित ६५ रनको इनिङ्स खेले।

एनपिएलमा हसनको यो पहिलो अर्धशतक हो। विपिन रावल १७ र कप्तान कुशल मल्ल १३ रनमा आउट हुँदा रवी बोपाराले १८ बलमा दुई चौका र दुई छक्कासहित ३६ रनको योगदान दिए। 

जान निकोल लोफ्टी इटन दुई र अमर रौटेला ६ रनमा अविजित रहे। सुदूरपश्चिमका स्कट कुग्गेलिजनले सर्वाधिक दुई विकेट लिए। ब्रान्डन म्याकमुलन, दीपेन्द्रसिंह ऐरी र सैफ जैबको नाममा समान एक विकेट रह्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट