इलाम। दोस्रो इलाम गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) ले पाहुना टोली गोरखा टेरोटोरियल एडमिनिस्ट्रेसन (जिटिए) सँग खेल्दै छ। पहिलो संस्करणको विजेता टोली केही राष्ट्रिय टिमका खेलाडी सहित मैदान उत्रने तयारीमा छ।
न्युरोड राष्ट्रिय टिमका विङर अञ्जन विष्ट सहित मैदान उत्रने तयारीमा छ। एनआरटीबाट अञ्जनका अतिरिक्त राष्ट्रिय टिमका डिफेन्डर अविशेक लिम्बू, गोलरक्षक विशाल सुनार, मिडफिल्डर कृतिश रत्न छुन्जु, स्र्पोटिङ इलाम डी मेचीका डिफेन्डर आशिष् गुरुङ पोखरा थन्डर्सका एन्जल महर्जनलगायत सहभागी छन्।
गत संस्करणमा बिर्तामोड युनाइटेडलाई हराउँदै एनआरटीले उपाधि जितेको थियो। दोस्रो संस्करण उसका लागि उपाधि रक्षा गर्न चुनौती हुनेछ। जिटिएको टिम पहिलो पटक इलाम आएको हो। दार्जिलिङको क्षेत्रीय फुटबल खेल्ने टिम हो जिटिए। एनआरटी यसअघि नै इलाम आएको छ। यता जिटिए टिम आज इलाम आएर खेलमा सहभागी हुने भएको छ।