शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नन्दनको कसिलो बलिङसँगै कर्णालीको लगातार दोस्रो जित

शनिबार, मंसिर २२, २०८१खेलपाटी संवाददाता
नन्दनको कसिलो बलिङसँगै कर्णालीको लगातार दोस्रो जित
Classic Tech Internet Ad

काठमाडौं। नन्दन यावदको कसिलो बलिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ। शनिबार भएको खेलमा कर्णालीले विराटनगर किङ्सलाई सात रनले हराएको हो। 

कर्णाली सुरुआती दुई खेलमा जनकपुर रोयल्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो। तर, चितवन राइनोजविरुद्ध अन्तिम बलमा ६ विकेटको जित निकाल्दै कर्णालीले प्रतियोगितामा पुनरागमन गरेको थियो। जितसँगै चौथो स्थानमा उक्लिएको कर्णालीको चार अंक पुगेको छ। समान खेलबाट दुई अंक जोडेको विराटनगर सातौं स्थानमा छ।

विराटनगरलाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। तर, नन्दनले कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीलाई मात्र सात रन दिए। योसँगै १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२६ रन मात्रै बनाउन सक्यो।

सन्दीप ६ र प्रतिश सात रनमा अविजित रहे। विराटनगरका निकोलस किर्टनले सर्वाधिक ४० रन बनाए। ३९ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।

कर्णालीका नन्दनले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्रै १९ रन खर्चिए। विपिन शर्माले दुई विकेट लिँदा सोमपाल कामी, विलियम बोसिस्टो र युनिस ठकुरीको नाममा समान एक विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनायो।

कर्णालीका ओपनर देव खनाल र विलियमले तेस्रो विकेटका लागि १०२ रनको शतकीय साझेदारी गरेका थिए। त्यसबाहेक ठूलो साझेदारी हुन नसक्दा कर्णाली न्युन स्कोरमा खुम्चिएको हो।

कर्णालीका विलियमले सर्वाधिक ६६ रन बनाए। ४९ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। देव ५३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। गुल्शनकुमार झासहित चार खेलाडीले खाता खोल्न सकेनन्।

कर्णालीलाई सस्तैमा रोक्न २० वर्षीय प्रतिश जिसीले उत्कृष्ट बलिङ गरे। चार ओभर बलिङ गरेका उनले एक मेडनसहित १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिँदा अकिब इलियासको नाममा एक विकेट रह्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट