कर्णालीद्वारा विराटनगरलाई सामान्य लक्ष्य

काठमाडौं। प्रतिश जिसीको सानदार बलिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सलाई १३४ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रन मात्रै बनाउन सक्यो।
कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टोले तेस्रो विकेटका लागि १०२ रनको शतकीय साझेदारी गरेका थिए। त्यसबाहेक ठूलो साझेदारी हुन नसक्दा कर्णाली न्युन स्कोरमा खुम्चिएको हो।
कर्णालीका विलियमले सर्वाधिक ६६ रन बनाए। ४९ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। देव ५३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। गुल्शनकुमार झासहित चार खेलाडीले खाता खोल्न सकेनन्।
कर्णालीलाई सस्तैमा रोक्न २० वर्षीय प्रतिशले उत्कृष्ट बलिङ गरे। चार ओभर बलिङ गरेका उनले एक मेडनसहित १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिँदा अकिब इलियासको नाममा एक विकेट रह्यो।














