एनपिएल छाडेर युएई फर्किए मुस्तफा
शनिबार, मंसिर २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। संयुक्त अरम इमिरेट्स (युएई) का अलराउन्डर रोहन मुस्ताफ नेपाल प्रिमियर लपग (एनपिएल) बिचैमा छाडेर स्वदेश फर्किएका छन्।
उनी सुदूरपश्चिम रोयल्समा आवद्द थिए। सुदूरपश्चिमका मुख्य प्रशिक्षक टगत टमाटका अनुसार उनी पारिवारिक कारण देखाउँदै स्वदेश फर्किएका हुन्।
उसले पारिवारिक कारणले घर जान्छु भनेपछि हामीले पठाएका हौं। अब फेरि युएई पुगेर फर्केर आउन सम्भव छैन। त्यसैले उनले यो प्रतियोगिताका बाँकी खेल गुमाउने छन्, टमाटाले भने।
मुस्तफाले सुदूरपश्चिमबाट मात्रै एक खेल खेलेका थिए। काठमाडौंविरुद्ध उत्रिएका उनले चार रन बनाएका थिए। यस्तै, एक ओभर बलिङ गर्दै आठ रन खर्चिएका थिए।














