प्रतिशले ढाले शिखर धवनको विकेट
शनिबार, मंसिर २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कर्णाली याक्सका ओपनर शिखरा धवन पाँच रनमै आउट भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले कर्णाली याक्सविरुद्ध टस जित्दै बलिङ रोजेका थिए। तर, कर्णालीले राम्रो सुरुआत गर्न सकेन। ओपनर धवनलाई दोस्रो ओभरको तेस्रो बलमै प्रतिश जिसीले बोल्ड गरे। पाँच बल खेलेका उनले एक चौका प्रहार गरे।














