धरासायी बन्यो लुम्बिनीको ब्याटिङ
शनिबार, मंसिर २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले दिएको १८८ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सको ब्याटिङ धरासायी बनेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरिरहेको लुम्बिनीले पहिलो पावर प्लेमै पाँच विकेट गुमाएको हो। ओपनर अर्जुन साउद गोल्डेन डकआउट भए।
अर्का ओपनर उन्मुक्त चन्द पहिलो ओभरको पाँचौं बलमै चार रनमा आउट भए। उनीहरू दुवैलाई स्कट कुग्गेलिजनले एलबिडब्यु आउट गरेका हुन्। दोस्रो ओभरको पाँचौं बलमा ब्रान्डन म्याकमुलनले कप्तान रोहितकुमार पौडेललाई पनि पाँच रनमै इशान पाण्डेबाट क्याच आउट गराए।
त्यसपछि पनि लुम्बिनीको विकेट झर्ने क्रम रोकिएन। टम मुर्स सात र साद बिन जाफर शून्यमै पेभिलियन फर्किए।














