एनपिएलमा गौसको कीर्तिमानी शतक
शुक्रबार, मंसिर २१, २०८१खेलपाटी संवाददाता

काठमाडौं। पोखरा एभेन्जर्सका विकेटकिपर ब्याटर आन्द्रेस गौस नेपाल प्रिमियर लिग (एनपिएल)मा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले पछ्याइरहेको छ। ओपनिङमा उत्रिएका ३१ वर्षीय गौसले आक्रामक ब्याटिङ गर्दै शतक प्रहार गरेका हुन्।
















