अर्धशतक प्रहार गर्न चुके धवन
शुक्रबार, मंसिर २१, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कर्णाली याक्सका ओपनर शिखर धवन नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार अर्धशतक प्रहार गर्न चुकेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १३२ रनको लक्ष्य कर्णालीले पछ्याइरहेको छ। कर्णाली जितनजिक पुग्दा धवन पनि अर्धशतकनजिक पुगेका थिए।
तर, उनलाई पाँच रन अगाबै जान निकोल लोफ्टी इटनले रोके। धवनले ४१ बलमा चार चौका र एक छक्कासहित ४५ रन बनाए। अर्का ओपनर देव खनाल २५ रनमै कुशल मल्लबाट एलबिडब्यु आउट भएका थिए। धवनले देवसँग ५३ र चाड्विक वाल्टनसँग ५१ रनको साझेदारी गरे।
















