पावर प्लेमै चितवनले गुमायो तीन विकेट
शुक्रबार, मंसिर २१, २०८१खेलपाटी संवाददाता

काठमाडौं। अपराजित रहेको चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा खराब सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। तर, बिहानको समयमा चितवनलाई पहिला ब्याटिङ गर्न असहज देखिएको हो। चितवनले पहिलो पावर प्लेमै तीन विकेट गुमाइसकेको छ। ओपनर लुका बेन्केनस्टाइन पाँच बल खेल्दै रन नजोडी पभिलियन फर्किए।
उनलाई कप्तान सोमपाल कामीले बोल्ड गरेका हुन्। यस्तै, चौथो ओभरको पाँचौं बलमा अर्का ओपनर दीपक बोहरालाई पनि विवेक यादवले देव खनालबाट आठ रनमै क्याच आउट गराए। लगातार विकेट गुमाएर सम्हालिन नपाउँदै चितवनले विपिन रावल पनि ११ रन जोड्दै पभिलियनतर्फ फर्किए। १५ बल खेलेका उनले एक चौकासहित ११ रन बनाए।
















