• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ललितको आइपिएल खेल्ने सपना
खेलपाटी संवाददाता
बिहीबार, मंसिर २०, २०८१ खेलपाटी संवाददाता
ललितको आइपिएल खेल्ने सपना

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सलाई लगातार तीन खेलसम्म अपराजित राख्न लाहिरू मिलान्थाको सानदार ब्याटिङ (१४४ रन) मात्रै होइन, स्पिनर ललितनारायण राजवंशीको उत्कृष्ट बलिङ पनि उत्तिकै निर्णायक छ। 

पहिलो खेलमा विराटनगर किङ्सलाई १२७ रनमै रोक्न ओपनर लोकेश बल, प्रतीश जिसी र बसीर अहमदको विकेट लिएका उनी कर्णाली याक्सविरुद्ध भने खासै चल्न सकेनन्। ओपनर देव खनालको मात्रै विकेट लिएका उनले किफायती बलिङ गरेर कर्णालीलाई विशाल लक्ष्यसम्म पुग्न भने रोके। त्यस क्रममा उनले मात्रै चार ओभर बलिङ गर्दै १६ रन खर्चिए। 

तर, बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनीले पुनः आफ्नो उत्कृष्ट लय समाते र चार ओभरमा ३१ खर्चिँदै तीन विकेट लिए। यस क्रममा उनले आन्द्रेस गौसलाई २०, कप्तान कुशल भुर्तेललाई ६ र मार्कस क्रिस्लेलाई ३० रनमा आउट गर्दै १३८ रनमा रोक्न उनी सफल भए। गौस र मार्कस अट्याकिङ ‘मुड’ मा देखिएका थिए। तर, गौसलाई आसिफ शेख र मार्कसलाई कप्तान अनिलकुमार साहबाट क्याच आउट गराए। योसँगै उनी सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। 

उनीभन्दा भन्दा अगाडी पाकिस्तानका ३९ वर्षीय पेसर सोहेल तन्वीर छन्। उनले ललितले भन्दा मात्र एक विकेट बढी (आठ) लिएका छन्। तर, ललितको नजर भने सबैलाई पछि पारेर आफू नै सर्वाधिक विकेटकर्ताको सूचीमा पर्ने लक्ष्य छ।

उनी भन्छन्, ‘विश्वास छ, उच्च विकेटकर्ताको सूचीमा हुन्छु भनेर। तर, आगामी खेल कस्तो हुन्छ त्यसमा भर पर्नेछ।’ जनकपुरले आइतबार पहिलो खेलमै जितनजिक पुगेर पनि सम्हालिन नसकेको लुम्बिनी लायन्सको सामना गर्नेछ। त्यसपछि उसलाई अंक तालिकामा पछ्याइरहेको सुदूरपश्चिम रोयल्सको। र, त्यसपछि काठमाडौं गुर्खाज र चितवन राइनोजसँग पनि प्रतिस्पर्धा गर्न बाँकी छ। 

यी चारमध्ये कुनै दुई खेल जितेमा पनि जनकपुरले प्लेअफमा स्थान बनाउने पक्का देखिन्छ। हालको अंक तालिकाअनुसार अपराजित रहेका सुदूरपश्चिम र चितवन समान चार अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। काठमाडौं दुई अंकसहित चौथो र विराटनगर किङ्स समान अंकसहित पाँचौं स्थानमा छ। यी दुई टोलीले जनकपुरले झैं तीन खेल खेलिसकेका छन्। एक खेल खेलेको लुम्बिनी होस् या समान दुई खेल खेलिसकेका कर्णाली र पोखराले भने तालिकामा कुनै अंक जोड्न सकेका छैनन्।

ललित भारतीय खेलाडी हर्षल पटेल र रविन्द्र जडेजाका ठूला ‘फ्यान’ हुन्। उनलाई मन पर्ने इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी भने पाँचपल्टको विजेता चेन्नइ सुपर किङ्स हो। ३४ वर्षीय अलराउन्डर हर्षल सात सिजन रोयल्स च्यालेन्जर्स बैंग्लोरबाट खेलेर अर्को सिजनका लागि सनराइजर्स हैदरावाद पुगेका छन्। उनलाई हैदरावादले आठ करोड भारुमा भित्र्याएको हो।

३५ वर्षीय अर्का अलराउन्डर जडेजालाई भने चेन्नईले यसपल्ट १८ करोड भारू खर्च गरेर ‘रिटेन’ गरेको छ। सायद यी दुई अलराउन्डरको यो नै अन्तिम आइपिएल हो। यसपछि उनीहरूले बलिङबाट विकेट लिएको र ब्याटिङबाट चौका र छक्का बर्साएको देखिने छैन। तर, २५ वर्षीय ललितले भने सबै नेपाली खेलाडीले देख्ने झैं साझा सपना देखेका छन्, करिअरमा एकपल्ट आइपिएल जसरी पनि खेल्ने!

नेपाली खेलाडीमध्येबाट आइपिएल खेल्ने एक मात्रै खेलाडी लेग स्पिनर सन्दीप लामिछाने हुन्। उनले सन् २०१८ र १९ मा दुई सिजन समान २० लाख भारूमा दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका थिए। तर, नौ खेलमा मात्रै बलिङ देखाउन पाएका उनले २९२ रन खर्चिँदै १३ विकेट लिए।

यद्यपि, विश्वका प्राय: सबै फ्रेन्चाइजी प्रतियोगिता खेलिसकेका सन्दीपलाई भित्र्याउन त्यसयता कुनै आइपिएल टोलीले चासो देखाएनन्। अहिले चेन्नईको ब्याटिङ र फिल्डिङ प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका भारतका राजीव कुमारले पनि एनपिएलमा पोखरा सम्हालिरहेका छन्।

यस्तै, आइपिएल टोलीसँग काम गरिसकेका उमेश पटवाल त जनकपुरकै मुख्य प्रशिक्षक छन्। त्यसबाहेक नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टि देसाईले पनि राजस्थान रोयल्स र गुजरात लायन्समा ‘पर्फमेन्स कोच’ र ‘ट्यालेन्ट सकाउट’को जिम्मेवारी बहन गरिसकेका छन्। यी तीन जना प्रशिक्षकले नै ललितको प्रतिभा नजिकबाट नियाल्ने मौका पाएका छन्। के उनको सपना साकार पार्न यी प्रशिक्षकले आआफ्नो स्थानबाट सहयोग गर्लान् त?

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP