• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टस जितेर पहिला ब्याटिङ रोजेकोमा सोमपाललाई छैन पछुतो
खेलपाटी संवाददाता
सोमबार, मंसिर १७, २०८१ खेलपाटी संवाददाता
टस जितेर पहिला ब्याटिङ रोजेकोमा सोमपाललाई छैन पछुतो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)का अघिल्ला दुई खेलमा जसले टस जितेर बलिङको निर्णय गरे उसले जित हात पारे। तर, सोमबार भएको दोस्रो खेलमा भने कर्णाली याक्सका कप्तान सोमपाल कामीले यो तथ्य थाहा हुँदाहुँदै टस जितेर पहिला ब्याटिङ गर्न तम्सिए।

यो नै खेलमा सबैभन्दा ठूलो भुल भयो। निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४२ रनको कीर्तिमानी लक्ष्य दिए पनि जनकपुरले १५.१ ओभरमा दुई विकेट गुमाउँदै सहज जित निकाल्यो। तर, सोमपाल पहिला ब्याटिङ गर्ने आफ्नो निर्णयमा पछुतो नरहेको बताउँछन्।

‘मैले जे डिसिजन लिएको छु लाइफमा मलाई त्यसले रिग्रेट गराएको छैन। हाम्रो टोलीको ब्याटिङ र बलिङ दुवै राम्रो छ। त्यसैले राम्रै लक्ष्य दिने सोचेको थिएँ तर त्यो भएन। यद्यपि, आफ्नो निर्णयमा कुनै पछुतो छैन,’ उनले भने।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले तल्लो क्रमका अर्जुन घर्ती र कप्तान सोमपाल कामीको अर्धशतकीय साझेदारीमा १४१ रन बनाएको थियो। तर, सुरुमा सोमपालको टस जितेर ब्याटिङ गर्ने निर्णय कर्णालीलाई महँगो सावित भयो। चर्को शुल्क तिरेर ल्याएको भारतीय पूर्वब्याटर शिखर धवन चल्न सकेनन्। ओपनर देव खनाल एक रनमै पभिलियन फर्किए। लगालग विकेट गुमाइरहेको अवस्थामा अर्जुन र सोमपालले अर्धशतकीय साझेदारी गरेपछि कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनाएको हो।  

२२ बल खेलेका अर्जुन दुई चौका र दुई छक्कासित ३३ रन बनाएर आउट भए। सोमपाल १३ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाएर अविजित रहे। उनीहरूबीच सातौं विकेटका लागि ५६ रनको विशाल साझेदारी भएको थियो। अर्जुनले १९औं ओभरमा हर्ष ठाकरलाई दुई छक्का र दुई चौका प्रहार गरेका थिए। उक्त ओभरमा उनले ६ बलमै २२ रन जोडे। अर्को ओभरमा सोमपालले निसमको सुरुआती तीन बलमा १४ रन प्रहार गरेपछि कर्णाली मजबुत बनेको थियो। अर्जुन रन आउट भए।

‘राम्रो टार्गेट सेट गरेपछि अर्को टोलीलाई गाह्रो हुन्छ। त्यसैले खेलमा १७० रनभन्दा बढी जोड्ने लक्ष्यसहित हामीले ब्याटिङ रोजेका हौं। तर, ३० रन कम भयो,’ उनले सुनाए। सुरूमै आफूले सबैलाई जिम्मेवारी दिएको उनको भनाइ छ। तर, उक्त जिम्मेवारी पूरा गर्न नसकेकोमा उनी खिन्न देखिए।

राम्रो साझेदारी गरेर अघि बढ्ने योजना सफल भएन। तर, ब्याटिङमा समस्या देखियो। यद्यपि, प्रतियोगिता लामो छ अरू खेलमा राम्रो खेल्ने प्रदर्शन गरेर पुनरागमन गर्छौं,’ उनले भने।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP