बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राखेपद्धारा स्पोर्ट्स फर फ्यूचर कार्यक्रमको सुरुआत

आइतबार, १६ मंसिर २०८१खेलपाटी संवाददाता
राखेपद्धारा स्पोर्ट्स फर फ्यूचर कार्यक्रमको सुरुआत
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ९ देखि १२ वर्ष उमेरसूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यका सफल खेलाडी बनाउने आधार तयार गर्न सातै प्रदेशमा एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने भएको छ। नेपाली खेलकुदको इतिहासमै पहिलोपटक एन्थ्रोपोमेट्रिक टेस्टमार्फत खेलाडी छनोट हुन लागेको  हो।

आठ बर्षे योजना अनुसार स्पोर्ट्स फर फ्यूचर (एसएफएफ) कार्यक्रमका सुरुआत गरेको हो। ओलम्पिक सम्मको सहभागितालाई लक्ष्य राखी शारिरीक बनौट र क्षमताको परिक्षणमार्फत खेलाडी छनौट कार्यक्रम सुरुआत गरिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए।  

एन्थ्रोपोमेट्रिक टेस्ट कोशी प्रदेशको इलाममा मंसिर १८–१९ र विराटनगरमा मंसिर २१–२२, मधेश प्रदेशको धनुषामा मंसिर २४–२५ र वीरगन्जमा मंसिर २७–२८, बागमती प्रदेशको भक्तपुरमा मंसिर ३०–पुस १ र चितवनमा पुस ३–४ तथा गण्डकी प्रदेशको पोखरामा पुस ६–७ र म्याग्दीमा पुस ९–१० गतेसम्म हुनेछ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा मंसिर १८–१९ र टीकापुरमा मंसिर २१–२२, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर २६–२७ र सल्यानमा मंसिर २९–३० तथा लुम्बिनी प्रदेशको बर्दियामा मंसिर २३–२४ र दाङको बेल्झुण्डीमा पुस २–३ गतेसम्म सञ्चालन हुनेछ।

सातै प्रदेशबाट समान १०–१० उत्कृष्ट बालबालिका छनोट गरी पहिलो वर्ष सामान्य तालिममा समावेश गरिने छ। पहिलो वर्ष बालबालिकालाई मोटर सीपहरु जस्तै गति, बल, समन्वय, लचकता र सहनशीलतामा सुधार ल्याउने उद्देश्यसहित सामान्य शारीरिक विकासमा ध्यान दिइने छ।

दोश्रो वर्ष बालबालिकाको शारीरिक संरचना, मोटर सीप विकास र व्यक्तिगत चासोको आधारमा उनीहरुलाई विशेष खेलमा खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिने तथा खेल विज्ञानको सहायतामा पोषण, मनोविज्ञान र रिकभरी रणनीति बारे प्रशिक्षण प्रदान गरिने छ। एक ओलम्पिक चक्र पश्चात पनि सम्बन्धित खेलको क्षमता प्रदर्शनमा सुधार नआएको खण्डमा खेलाडीलाई निरन्तरता दिइने छैन।

राखेपले छनोट भएका बालबालिकालाई आवास, अध्ययन, दैनिक खेलकुद तालिम, पोषण र स्वास्थ्य सेवा, खेल मनोवैज्ञानिक र फिजियोथेरापिस्ट सहायता र चोटपटक रोकथाम रणनीति सम्बन्धी सेवा उपलब्ध गराउने छ।

एन्थ्रोपोमेट्रिक टेस्टका लागि राखेपले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टोलीलाई परिचालन गर्ने छ। कोशी, मधेश, बागमती र गण्डकीमा सानका निर्देशक कृष्ण तिमिल्सिनाको नेतृत्वमा राजेन्द्ररत्न तुलाधर र शिवराज भट्ट खटिने छन्। बाँकी प्रदेशमा सुलोचना सिजख्वा, कुमारी हिरा पन्त र रितामैया प्रजापति जाने छन्।

छनोट भएका बालबालिको अन्तिम नामवली २०८१ साल पुस २९ गते प्रकाशित गरिने छ भने नियमित प्रशिक्षण २०८२ साल बैशाख २ गतेदेखि प्रारम्भ हुनेछ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सन् २०३२ को ओलम्पिकमा पदक जित्ने रणनीतिक तयारी अनुरुप कार्यक्रम सञ्चालन गर्न लागिएको बताउदै नेपाली खेलकुदमा वैज्ञानिक प्रशिक्षणलाई व्यहारमा उतार्नु पर्नेमा जोड दिए। बैज्ञानिक तरिकाबाट खेलाडी छनौट र प्रक्षिणमा जोड दिदै आउनु भएका सदस्य सचिव घिसिङले यो कार्यक्रम नेपाली खेलकुदका लागि कोशेढुंगा सावित हुने बताए।

१९औं एशियाड पछि मिसन २०२६ सुरुआत गरेको राखेपले ओलम्पिक लगत्तै नयाँ कार्यक्रम सुरुआत गरेको हो। ‘गत वर्ष पनि हामीले केही स्थानमा यो कार्यक्रम सञ्चालन गरेका थियौं। त्यही कार्यक्रमको मूल्यांकनका आहधारमा राखेपद्धारा स्पोर्ट्स  फर फ्यूचर कार्यक्रम (क्ँ)  सुरु गरिएको हो। रणनीतिक तयारी अन्तर्गत हामी अगाडि बढेका हौं,’ सदस्य–सचिव घिसिङले भने,  ‘यो कार्यक्रम मार्फत छनोट भएका बालबालिकालाई खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिदै सन् २०३२ को ओलम्पिकमा पदक जित्ने हाम्रो दुर्गामी लक्ष्य हो।’

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
सिटी फाइनलनजिक

सिटी फाइनलनजिक

राजपुरको लगातार दोस्रो

राजपुरको लगातार दोस्रो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार