एट्लेटिकोको छैटौं जित
आइतबार, कार्तिक १८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। एट्लेटिको मड्रिड स्पेनिस ला लिगको तेस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा आइतबार भएको खेलमा एट्लेटिकोले लस पाल्मसलाई २-० ले पाखा लगाएको हो। एट्लेटिकोको यो छैटौं जित हो। १२ खेलबाट २३ अंक पुर्याएको एट्लेटिको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
समान खेल खेलेको पाल्मस ९ अंकसहित रेलिगेसन जोनमा छ। ३७औं मिनेटमै ज्युलियानो सिमोनको गोलमार्फत घरेलु टोलीले अग्रता बनाएको थियो। उनले नहुएल मोलिनाको पासलाई सदुपयोग गरे।
निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा एलेक्जेन्डर सोरलोथले अर्को गोल गर्दै जित पक्का गरे।







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)