प्रतिश ‘प्लेयर अफ द म्याच’
शनिबार, १७ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। हङकङ सिक्स क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाविरुद्ध जित दिलाउन सानदार बलिङ गरेका प्रतिश जिसी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।
शनिबार बिहान भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो जित हो। पोल ‘बी’ मा रहेको नेपालले यसअघि इङ्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै क्वार्टरफाइनलमा स्थान बनाइसकेको थियो। नेपाललाई लगातार जित दिलाउन प्रतिशले सर्वाधिक तीन विकेट लिए।
दुई ओभरमा २४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए। यसअघि इङ्ल्यान्डविरुद्धको खेलमा पनि उनले तीन विकेट नै लिएका थिए। उक्त खेलमा उनले दुई ओभरमा १८ रन खर्चिएका थिए।
जारी प्रतियोगितामा उनी सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। उनलाई बंगलादेशका जिशान आलमले पछ्याइरहेका छन्। उनले दुई खेलमा १२ बल गर्दै चार विकेट लिएका छन्।






-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)