शुक्रबार, २५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

प्रतिशको सानदार बलिङ, नेपालसँग अस्ट्रेलिया पराजित

शनिबार, १७ कार्तिक २०८१खेलपाटी संवाददाता
प्रतिशको सानदार बलिङ, नेपालसँग अस्ट्रेलिया पराजित
mustang rice ad

काठमाडौं। प्रतिश जिसीको सानदार बलिङसँगै नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। 

शनिबार बिहान भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो जित हो। पोल ‘बी’ मा रहेको नेपालले यसअघि इङ्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै क्वार्टरफाइनलमा स्थान बनाइसकेको थियो।

नेपाल आफ्नो पोलको शीर्ष स्थानमा रह्यो। शतप्रतिशत जितसहित नेपालले चार अंक जोड्यो। इङ्ल्यान्डलाई पहिलो खेलमा ३४ रनले हराएको अस्ट्रेलियाले पनि क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ। नेपालले शनिबार नै सेमिफाइनल प्रवेशका लागि श्रीलंकालाई चुनौती पेस गर्नेछ। खेल दिउँसो १:३५ बजे हुनेछ।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा पाँच विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो। 

अस्ट्रेलियाका ज्याक उडले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए। १६ बल खेलेका उनले चार चौका र ६ छक्का प्रहार गरे। यस्तै, एलेक्स रोसले १४ रनको योगदान दिए। अन्य ब्याटरले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

नेपालका प्रतिशले दुई ओभरमा २४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए। लोकेश बम र विवेक यादवको नाममा समान एक विकेट रह्यो।

त्यसअघि मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँददै १११ रन बनाएको थियो।

नेपालका कप्तान सन्दीप जोराले अर्धशतक बनाए। १६ बल खेलेका उनले पाँच चौका र चार छक्का प्रहार गरे। जारी प्रतियोगिता उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले इङ्ल्यान्डविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए। दुवैपल्ट उनी अविजित रहँदै रिटायर्ड हर्ट भए।

यस्तै, लोकेशले १३ बलमा तीन चौका र तीन छक्कासहित ३३ रन बनाए। विवेक १२ रनमा आउट हुँदा राशिद खान १२ रनमा अविजित रहे। उनले दुई बलमा दुई छक्का प्रहार गर्दै नेपालको स्कोर १११ रनमा पुर्‍याएका हुन्।

नेपालको दुवै विकेट ज्याकले लिएका थिए। उनले अलराउन्ड प्रदर्शन गरेपनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

Bajaj Pulsar Motorcycle Ad
चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

खेलकुदमन्त्री  गुप्ता अमेरिका भ्रमणमा नजाने

खेलकुदमन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि