नेपाली टोलीलाई २५ लाख नगदसहित महानगरकाे सम्मान
बुधबार, कार्तिक १४, २०८१खेलपाटी संवाददाता
काठमाडौं। काठमाडौं महानगरले साफ च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली टोलीलाई २५ लाख नगदसहित सम्मानित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशले २–१ पराजित गरेसँगै नेपाल छैटौंपल्ट उपविजेतामै खुम्चिएको थियो।
फाइनल सकिएसँगै मेयर बालेन शाह र उपमेयर सुनीता डंगोलले कार्यलयमा बोलाएर कप्तान एन्जिला तुम्बापो सुब्बा र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।













