आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

प्रीति भन्छिन्– हरेक म्याच जित्नकै लागि खेल्छौं

बिहिबार, ०८ कार्तिक २०८१खेलपाटी संवाददाता
प्रीति भन्छिन्– हरेक म्याच जित्नकै लागि खेल्छौं
mustang rice ad

काठमाडौं। नेपाली टिमकी मिडफिल्डर प्रीति राईले साफ च्याम्पियनसिप २०२४ मा ‘गोल्ड मेडल’ चुम्ने लक्ष्य प्राप्तिको बाटोमा हरेक खेल जित्नकै लागि खेल्ने बताएकी छन्।

घरेलु टिम नेपालले सेमिफाइनल प्रवेशको लागि समूह ‘बी’ को निर्णायक खेलमा विहीबार श्रीलंकाविरुद्ध दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ। यसै सन्दर्भमा २० वर्षीया प्रिती भन्छिन्, ‘विपक्षी भनेको विपक्षी नै हो। कसैलाई कमजोर सोंच्नुभन्दा उसलाई विपक्षी मानेर आफ्नो जे छ, त्यो खेल्नुपर्छ।’

माल्दिभ्सविरुद्ध ११–० ले जितेको खेलमा ह्याट्रिक गरेकी प्रितीले थपिन्, ‘हरेक खेल जित्नु नै पर्छ। हामी सबै खेल जित्नकै लागि खेल्छौं। मुख्य लक्ष्य गोल्ड मेडल हो। हामी लक्ष्यमा पुग्नकै लागि खेल्छौं। हामीलाई सबैले सपोर्ट गर्नुहोला।’

अनपेक्षित गोल, ह्याट्रिक र ३ अंक
माल्दिभ्सविरुद्ध मंगलबारको खेल प्रितीको २० औं क्याप हो, जहाँ उनले राष्ट्रिय टिमबाट खेल्दै पहिलो ह्याट्रिक पूरा गरिन्। यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या ५ पुगेको छ।

‘ह्याट्रिकभन्दा पनि टिमले ३ अंक पायो, त्यसमा खुशी छु। अरु गेमहरूमा पनि राम्रो गर्ने सोंचिरेकी छु,’ मिडफिल्डका छरिता खेलाडी प्रितीले माल्दिभ्सविरुद्ध हालसम्मकै सबभन्दा फराकिलो जितबारे भनिन्, ‘माल्दिभ्सविरुद्ध मेरो पहिलो खेल हो र गोल अन्तर सोंचेकी थिइँन। ३ अंक सोंचेकी थिएँ। धेरै गोल हुँदा खुशी नै लाग्यो।’

आफ्नो ह्याट्रिकबारे प्रिती भन्छिन्, ‘पहिलो गोल अनपेक्षित हो। कसरी छिर्यो (पोष्टमा बल) मलाई नि थाह छैन। खासमा क्रस गर्न खोजेको हो तर स्कोर भयो। राम्रो भयो। दोस्रो गोल स्कोर नै गरेको हो। उमेर समूहमा पेनाल्टी एक–दुईपल्ट हानेको छु, स्कोर भएको छ। सिनियर टिमबाट हानेको थिएन तर दिदीहरूले मोटिभेट गर्नुभयो र मैले हानें (गोल)।’

माल्दिभ्सविरुद्धकै खेलमा स्ट्राइकर रेखा पौडेलले पनि आफ्नो पहिलो ह्याट्रिक गरेकी थिइन्। उक्त खेलमा उनी एक्लैले ५ गोल गर्न भ्याइन्। त्यसअघि पहिलो खेलमा भुटानविरुद्ध गोलरहित बराबरीले पूरा टिमलाई नै दबाबमा राख्दै मिहिनेत गर्नैपर्ने परिस्थिति सिर्जना भएको थियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

Bajaj Pulsar Motorcycle Ad
मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

मच्छिन्द्र फर्किए प्रवेश

मच्छिन्द्र फर्किए प्रवेश

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर