पाओलो माल्दिनीका छोरा इटालीको टोलीमा

काठमाडौं। पाओलो माल्दिनीको छोरा डेनियललाई पहिलोपल्ट इटालीको टोलीमा समावेश गरिएको छ।
डेनियललाई इटालीका प्रशिक्षक लुसियानो स्पालेटीले शुक्रबार नेसन्स लिगका खेलका लागि बोलाएका हुन्। उनलाई आफ्ना बुबा पाओलो र हजुरबुवा सेसारेको पदचिन्ह पछ्याउन सक्ने खेलाडीको रूपमा लिइन्छ।
२२ वर्षीय डेनियल एसी मिलानमा उत्कृष्ट प्रदर्शन गरेका थिए। हाल उनी मोन्जा सरेका छन्। पाओलोले सन् २००२ को विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। उनले इटालीका लागि १२६ खेल खेले। उनका बुबा सेसारेको अन्तिम खेल सन् १९६३ मा थियो। उनले इटालीको टोलीलाई प्रशिक्षण पनि दिएका थिए।
युभेन्टसका गोलकिपर मिचेल डि ग्रेगोरियो, मिलानका डिफेन्डर माटियो गाबिया र रोमाका मिडफिल्डर निकोलो पिसिल्लीले पनि डेब्यु गर्न सक्ने नाम हुन्।
इटालीले अक्टोबर १० मा रोममा बेल्जियमसँग खेल्नेछ भने त्यसको चार दिनपछि इजरायलसँग उडाइनमा खेल्नेछ । इटालीले नेसन्स लिगका दुवै खेलमा फ्रान्स र इजरायलविरुद्ध जित हात पारेको छ र समूहको शीर्ष स्थानमा छ ।