लुकाकु र ब्रुएनाबिनै खेल्दै बेल्जियम

काठमाडौं। बेल्जियमले फरवार्ड रोमेलु लुकाकु र कप्तान केभिड डि ब्रुएनाबिनै नेसन्स लिग खेल्ने भएको छ। बेल्जियमले शुक्रबार इटाली र त्यसको चार दिनपछि फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ।
म्यानचेस्टर सिटीका मिडफिल्डरसमेत रहेक डि ब्रुएना घाइते छन्। प्रशिक्षक डोमेनिको टेडेस्कोले उनीसँग फोनमा कुरा गरेका थिए। तर, उनले खेल्न नसक्ने जानकारी दिएका छन्। गत महिना नेसन्स लिगमा लियोनमा फ्रान्ससँग २–० ले पराजित हुँदा उनले कप्तानी जिम्मेवारी सम्हालेका थिए।
लुकाकुसँगै डि ब्रुएना बेल्जियमका सुनौलो पुस्ताका अन्तिम खेलाडी हुन्। तर, उनी लामो समयसम्म मैदान नरहन पनि सक्छन्। विशेषगरी चोटका कारण सिटीमा पछिल्ला केही वर्षयता उनको सिजन प्रभावित भएको छ।
गत महिना च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेलका क्रममा उनको मांसपेशीमा चोट लागेको थियो। यस्तै, लुकाकुले पनि नेपोलीमा ढिलो स्थानान्तरण भएको कारण बेल्जियम फर्किन अस्वीकार गरेका छन्।






-1768375783661.jpeg&w=3840&q=75)



-1768392748211.jpeg&w=3840&q=75)



-1768358228603.webp&w=3840&q=75)