इङ्ल्यान्डको टोलीमा फर्किए बेलिङ्घम
शुक्रबार, असोज १८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घम युरो कप २०२४ पछि पहिलो पटक इङ्ल्यान्डको टोलीमा फर्किएका छन्।
बेलिङ्घमले चोटका कारण सेप्टेम्बरमा अन्तर्राष्ट्रिय खेल गुमाएका थिए। तर, बिहीबार ग्रीस र फिनल्यान्डविरुद्धको नेसन्स लिग खेलका लागि अन्तरिम प्रशिक्षक ली कार्स्लेको २५ सदस्यीय टोलीमा उनलाई समावेश गरिएको छ।
कार्स्लेले इङ्ल्यान्डको जिम्मेवारी सम्हालिरहेका छन् भने फुटबल एसोसिएसनले युरो कपपछि राजीनामा दिएका ग्यारेथ साउथगेटको विकल्पको खोजी जारी राखेको छ।
इङ्ल्यान्डले शुक्रबार वेम्बलीमा ग्रीस र अक्टोबर १३ मा हेल्सिन्कीमा फिनल्यान्डसँग खेल्नेछ।











%20(2)-1761961917188.png&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)