ओडिआईमा आसिफ, कुशल र रोहितको वरीयता खस्कियो
बुधबार, असोज १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)मा तीन ब्याटरको वरीयतामा खस्किएको छ।
आसिफ शेख र कुशल भुर्तेलको समान चार स्थान खस्किएको छ। यस्तै, कप्तान रोहितकुमार पौडेलको भने एक स्थान तल खस्किएको छ।
आसिफ ८२ र कुशल ८३औं स्थानमा छन्। यसअघि आसिफ ७८र कुशल ७९औं स्थानमा थिए। रोहित भने ८७औं स्थानमा पुगेका छन्।












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)