टी-२० ब्याटिङ वरीयतामा दीपेन्द्रको दुई सुधार, कुशल अटे शीर्ष १०० मा
बुधबार, १६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा उनी दुई स्थान छलाङ मार्दै ४३औं स्थानमा आइपुगेका हुन्। यसअघि उनी ४५औं स्थानमा थिए।
कप्तान रोहितकुमार पौडेल एक स्थान खस्किएका छन्। उनी यसअघि ६०औं स्थानमा थिए। यस्तै, आसिफ शेख दुई स्थान खस्किएर ७०औं स्थानमा पुग्दा कुशल मल्ल शीर्ष १०० मा अटाउन सफल भएका छन्।
सोमपाल कामी एक स्थान तल खस्किँदै १९औं स्थानमा पुग्दा लेग स्पिनर सन्दीप लामिछाने १०० मा अटाउन सकेका छैनन्।









-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)



-1765118145135.jpg&w=3840&q=75)