शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पहिरोमा पुरिएका एन्फा एकेडेमीका विकलको निजगढमा अन्त्येष्टि  

सोमबार, १४ आश्विन २०८१नवराज चौलागाई
पहिरोमा पुरिएका एन्फा एकेडेमीका विकलको निजगढमा अन्त्येष्टि  
Loading ad...
mustang rice ad

निजगढ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा पहिरोमा परी मृत्यु भएका निजगढका खेलाडी विकल रेग्मीको सोमबार अन्त्येष्टि गरिएको छ।

उनी श्री बत्सलादेवी नेपाल फुटबल संघ (एन्फा) एकेडेमीमा प्रशिक्षणरत थिए। उनीसहित ६ जनाको शनिबार पहिरोमा पुरिएर मृत्यु भएको थियो।

विकलको सोमबार निजगढको लालबकैया नदी किनारस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विकलको शवलाई नगर परिक्रमा गराइएको थियो। नगर परिक्रमा पश्चात् शवलाई निजगढ ९ स्थित चाइनिज क्याम्प मैदानमा श्रद्धाञ्जली सभाको लागि राखिएको थियो। निजगढ फुटबल क्लबको संयोजनमा निजगढ नगरपालिकाले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो। निजगढ नगरपालिकाले आयोजना गरेको उक्त श्रद्धाञ्जली सभामा विकलको शवमा प्रतिनिधिसभा सदस्य ज्वाला शाह, पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, मधेस प्रदेशसभा सदस्य मिनाकुमारी लामा, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी,उपप्रमुख सोममाया थिङलगायत स्थानीय जनप्रतिनिधिहरूले फूलमालासहित श्रद्धाञ्जली अर्पण गरेका थिए।

विकलको पार्थिव शरीरमा मधेस प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भु सिंह ठकुरी र बारा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष राजकिशोर धामीले एन्फाको झन्डा ओढाएका थिए।  पहिरोमा विकलसहित मकवानपुरका साइमन योन्जन, अनुप घलान, दिवस बानियाँ, सर्लाहीका आदित्य बलम्पाकी र काठमाडौंका रियान्स आचार्यको निधन भएको थियो। 

एकेडेमीको लागि एन्फाले छनोट गरेको सम्पूर्ण चरणहरू पार गर्दै विकल अध्ययन सँगसँगै प्रशिक्षणरत थिए। विकलसँगै निजगढका अन्य ४ जना खेलाडीहरू पनि सोही एकेडेमीमा प्रशिक्षणरत थिए। एकेडेमीमा ४० जना खेलाडीहरू प्रशिक्षणरत थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य