• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एआइपिएस एसियाको २५ औं कंग्रेस सम्पन्न
खेलपाटी संवाददाता
बिहीबार, भदौ २७, २०८१ खेलपाटी संवाददाता
एआइपिएस एसियाको २५ औं कंग्रेस सम्पन्न

काठमाडौं । खेलकुद पत्रकाहरूको छाता संगठन एआइपिएस एसियाको २५ औं कंग्रेस काठमाडौंमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ आइपिएस एसियाको बिहीबार काठमाडौंको एभरेटस्ट होटलमा एक कार्यक्रमबीच उद्घाटन भएको थियो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पानसमा द्वीप प्रज्ज्वल गर्दै उक्त २५औं कंग्रेसको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री चौधरीले देशमा यस्ता आयोजना सम्पन्न हुनु ऐतिहासिक रहेको र यस किसिमका कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीसहित पदाधिकारी, विभिन्न देशका खेल पत्रकार, ओलम्पियन र विभिन्न खेलका खेलाडी उद्घाटन सत्रमा उपस्थित थिए ।

कार्यक्रममा राखेप सदस्यसचिव घिसिङले काठमाडौंमा एआइपिएस एसियाको २५औं कंग्रेस आयोजना गर्न पाउँदा विशेष खुसी मिलेको र यो डिजिटल युगमा खेलकुद पत्रकारिताको विकसित परिदृश्यबारे छलफल गर्न ३० देशका खेलकुद पत्रकारहरू भेला हुनु प्रेरणादायी रहेको बताए । विकासशील राष्ट्रको रूपमा खेलकुद लगानीमा चुनौतीहरू भए पनि आफ्ना खेलाडीले विश्वका मञ्चमा गर्विलो इतिहास सिर्जना गर्नु सुखद क्षण रहेको उनको बुझाइ छ । उनले युवाहरूलाई प्रेरित गर्न, अनुशासन बनाउने र आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नमा गर्वको भावना जगाउने एक शक्तिशाली माध्यमको रूपमा खेलकुद रहेको धारणा राखे ।

खेलकुद पत्रकारको छाता संगनठन एआइपिएसको एसियाली क्षेत्रको कंग्रेस जस्ता ठूलो आयोजना पहिलोपल्ट नेपालमा आयोजना भएको हो । यो कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी छन् । उद्घाटन सत्रमा एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र त्यसको उदाहरण पछिल्ला ओलम्पिकमा एसियाली राष्ट्रले पाएको सफलता स्पष्ट पारेको विश्वास व्यक्त गरे ।

कंग्रेसको उद्घाटनका अवसरमा नेपालका लागि पेरिस पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धन, पत्रकार शिवानी थापा, भारत र चीनकी महिला पत्रकार र ई स्पोर्ट्सकी एसियाकी प्रतिनिधिबीच महिला सशक्तिकरणबारे छलफल भएको थियो ।

नेपाल पर्यटन बोर्डले नेपालका विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, भाषा संस्कृति, हिमालपहाड र देशको भौगोलिक अवस्थाका बारेमा वृत्तचित्र प्रस्तुत गरेको थियो । पछिल्ला समय लोकप्रिय बन्दै आएको ई स्पोर्ट्सको अवस्थाबारे वृत्तचित्र प्रस्तुत गरिएको थियो । यस कार्यक्रममा एआइपिएस एसियाले होटल एसोसिएसन अफ नेपाल हान र सिएमआर नेपालबीच सहकार्य गरेको छ । हानका अध्यक्ष विनायक शाह र एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौताअनुरूप एआइपिए एसियाका एक हजारभन्दा सदस्य पत्रकारले नेपाल आउँदा होटलमा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसै अवसरमा हानले एआइपिएस एसियाका अध्यक्ष दोङलाई नेपालको सदभावना दूतको रूपमा पनि नियुक्त गरेको छ । एआइपिएस एसिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ ।

एआइपिएस एसिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो । सम्झौताअनुसार सिएआर नेपालले एआइपिएस एसियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ आशिंक छात्रवृत्तिमा एआइपिएस एसियाले सो प्रशिक्षण कोटा प्राप्त गर्नेछ ।  
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्याट्रिक चुप,  छटपटीमा एन्फा
प्याट्रिक चुप, छटपटीमा एन्फा
३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन
३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन
हेल्प नेपालको पहिलो खेल धिवेहीसँग
हेल्प नेपालको पहिलो खेल धिवेहीसँग
क्याम्बोडियन लिगमा लाकेन
क्याम्बोडियन लिगमा लाकेन
नेपाललाई उपाधि होडमा फर्किने अवसर
नेपाललाई उपाधि होडमा फर्किने अवसर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP